A One-day Virtual Interaction Program on the possibility of mutual cooperation between KUSOED and Model Schools of Nepal

Published Date: 2022-04-21, Thursday

Image

बैशाख ८ । काठमाडाैं विश्वविद्यालय स्कूल अफ एजुकेशन र नेपालका नमुना विद्यालयहरु बिच आपसी सहकार्यकाे सम्भावना सम्वन्धी एक दिने भर्चुयल अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अन्तर्क्रियामा ५२ वटा सार्वजनिक नमुना विद्यालयका प्रधानाध्यापकहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमलाई काठमाडाैं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डिन प्रा‍. डा. बालचन्द्र लुइँटेलले विषेश सम्वाेधन गर्नु भएकाे थियाे । कार्यक्रमकाे संयाेजन एजुकेशनल लिडरशीप विभागका प्रमुख डा‍. शेषकान्त पंगेनी र अनुसन्धान सहायक श्री विकास घजुले गर्नुभएकाे थियाे भने सहभागीहरुबाट उठेका जिज्ञासा र प्रश्नहरुकाे जवाफ सहित सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै सहायक डिन डा. धनपति सुवेदीले कार्यक्रम सम्पन्न गर्नु भएकाे थियाे । साथै कार्यक्रममा डा‍. तुलसी थपलियाले शिक्षा मन्त्रालय र नमुना विद्यालयहरुकाे सम्वन्धका सन्दर्भमा आफ्ना अनुभव साट्नु भएकाे थियाे ।


Category: News
Last Updated Date: 2022-04-22,Friday
Published By: School of Education