August Intake Call for Applications
Select School below to ApplySearch programs...
View all programsPublished Date: 2015-05-05, Tuesday
यही २०७२ बैशाख १२ गते शनिबार गएको भूकम्पको कारण आएको विपद परिश्थितिमा विश्वविद्यालयको पठनपाठन तथा परीक्षा सम्वन्धित कार्यक्रमहरू सञ्चालन गर्न अनुकुल नभएकोले अर्को सूचना नआउञ्जेलसम्मका लागि उक्त कार्यक्रमहरू स्थगित गरिएको ब्यहोरा सम्वन्धित सबैका लागि जानकारी गराइन्छ ।
हिउँदे तथा वर्षे विदा प्राप्त गर्ने शिक्षकहरू बाहेक अन्य शिक्षक तथा कर्मचारीहरूले विश्वविद्यालयको व्यबश्थापनमा आवश्यक सहयोग गरीदिनुहुन विनम्र अनुरोध गरिन्छ । साथै आ-आफ्नो अनुकुल हुने गरी भूकम्प पिडितहरूलाई आवश्यक मानवीय सहयोग पुर्याउन हुन सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई आव्हान गरिन्छ ।
-------
रजिस्ट्रार