Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

सुरक्षा गार्ड आपूर्ति गर्ने सम्बन्धि सूचना

Published Date: 2019-05-29, Wednesday

काठमाडौं विश्वविद्यालयको लागि

सुरक्षा गार्ड आपूर्ति गर्ने

सम्बन्धि सूचना

काठमाडौं विश्वविद्यालय केन्द्रिय कार्यालय तथा यस अन्तर्गतका कार्यालयहरुको लागि सुरक्षा गार्डहरुको आवश्यकता भएकोले सुरक्षा गार्ड आपूर्ति गर्न इच्छुक मान्यता प्राप्त कम्पनीहरुले यस विश्वविद्यालयबाट २०७६।२।१५ मा सूचनाजारि भएको मितिले १० दिन भित्र आ–आफनो शिलबदि प्रस्ताव पेश गर्न हुन अनुरोध छ । शिलबन्दि प्रस्ताब यस विश्वद्यिालयको नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको ब.हि.नं. ००५०१०३०२५०००९ मा रु १००० जम्मा गरेको बैकं भौचर बुझाई प्राप्त गर्न सकिने छ ।सुरक्षा गार्डको न्यूनतम योग्यता, उमेर प्रति सुरक्षागार्ड सम्बन्धि दरभाउ अन्य शुल्क (कर) समेतस्पष्ट हुने गरि सुरक्षाकर्मी आपूर्ति प्रस्ताव दर्तावाल कम्पनीले पालना गर्नु पर्ने आधारभूतशर्तहरु विश्वविद्यालयबाट लिन सकिने छ । विस्तृत जानकारीका लागि काठमाडौं विश्वविद्यालय केन्द्रिय कार्यालय भौतिक व्यवस्थापन शाखा धुलिखेल तथा विश्वविद्यालयको website:ku.edu.np मा समेत हेर्न सकिने छ ।

प्राप्त प्रस्तावहरु अध्ययन गरी प्रस्तावकहरु मध्येबाट स्वीकृत/अस्वीकृत गर्ने अधिकार विश्वविद्यालयमा निहित रहने छ ।

रजिष्ट्रार

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

(आवस्यक कागजातहरु)

⦁ रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि

⦁ नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

⦁ मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५ को कर चुत्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

सम्पर्क

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

पो. ब.नं. ६२५०

फोनः ०११ ४१५१००

फ्याक्सः ०११ ४१५०११

email: procurement@ku.edu.np


Category: Procurement
Last Updated Date: 2019-06-29,Saturday
Published By: Kathmandu University