Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

'नेपालमा मस्टो परम्परा' पुस्तक सार्वजनिक

Published Date: 2022-05-25, Wednesday

Image

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित संस्था हिमालय एसियाली अध्ययन केन्द्र (हिकास) बाट प्रकाशित दोस्रो पुस्तक ‘नेपालमा मस्टो परम्परा’ यही २०७९ साल जेठ ८ गते आइतबार सार्वजनिक गरियो । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०३ औँ जन्मदिवसको सन्दर्भ पारी ललितपुरस्थित लोकसाहित्य परिषदको सभाकक्षमा आयोजना गरिएको विशेष कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले प्रमुख अतिथिका रूपबाट उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो । प्रकाशकका तर्फबाट हिकासका सञ्चालक सदस्य मुकुन्दप्रसाद उपाध्यायले उक्त पुस्तक डा. सत्यमोहन जोशीमा समर्पण गर्नुभएको उक्त कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकमाथि अन्वेषक डा. प्रयागराज शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सम्पादक हरि मञ्जुश्रीले गर्नुभएको थियो ।

कूल ३ सय १२ पृष्ठको उक्त पुस्तकमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शुभकामना र हिकासका कार्यकारी निर्देशक प्रा. डा. सागरराज शर्माले प्रकाशकीय लेख्नुभएको छ । जीवनचन्द्र कोइराला र हरि मञ्जुश्रीद्वारा सम्पादित उक्त पुस्तक मस्टोका विषयमा नेपाली भाषामा छापिएको पहिलो पुस्तक हो । यसमा खस–आर्यका कुलदेवता मस्टोका विषयमा डा. सत्यमोहन जोशी, डा. प्रयागराज शर्मा, कुलचन्द्र कोइराला, पूर्णप्रकाश नेपाल यात्री, डा. जगमान गुरुङ, डा. माधवप्रसाद पोखरेल, डा. जयराज पन्त, रत्नाकर देवकोटा, रामबहादुर रावल, श्याम खड्का र हरिप्रसाद खरालद्वारा लिखित अन्वेषणात्मक लेखहरू सङ्कलित छन् ।


Category: News
Last Updated Date: 2022-05-25,Wednesday
Published By: Kathmandu University