Kathmandu University Logo
Kathmandu University Est. 1991 · School Admissions

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

मोतीराम भट्टको १६० औँ जन्मजयन्ती समारोह सम्पन्न

Published Date: 2025-09-04, Thursday

Image

काठमाडौं विश्वविद्यालय अन्तर्गतको कलासङ्काय विभागले नेपाली साहित्यका बहुमुखी प्रतिभा मोतीराम भट्टको १६० औँ जन्मजयन्ती समारोह सम्पन्न गरेको छ । हात्तीवनस्थित भद्रमान तुलाधर भवनको सभाहलमा आयोजित उक्त समारोहमा साहित्यप्रेमी र शिक्षाविद्हरूको सहभागिता रहेको थियो ।

सह प्रा. डा. रामचन्द्र पौडेलको सञ्चालन र संयोजनमा सम्पन्न कार्यक्रमका सभाध्यक्ष कलासङ्काय विभागका विभागीय प्रमुख प्रा.डा. निर्मलमणि अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय, शिक्षा सङ्कायका डिन प्रा.डा. बालचन्द्र लुईंटेल र कला सङ्कायका डिन सह प्रा. डा. उद्धव प्याकुरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।समारोहमा प्रा.डा. देवी नेपालले मोतीराम भट्टका कवि तथा गजलकार, समालोचक, अनुसन्धानकर्ता, नाट्य निर्देशक, वाद्यवादकलगायत बहुआयामिक व्यक्तित्वबारे विस्तृत प्रस्तुतीकरण गर्दै वहाँका विभिन्न कविताहरूको वाचन गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. नवराज कट्टेलले मोतीराम भट्टको व्यक्तित्वको चर्चासहित कविता वाचन प्रस्तुत गर्नुभएको थियो । वहाँले मोतीराम भट्टको साहित्यिक योगदानको महत्त्वलाई उजागर गर्दै आजका युवा कविहरूलाई प्रेरणा लिन आग्रह गर्नुभएको थियो ।उक्त जन्मजयन्ती समारोहमा स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो । प्रभा भट्टराई, डा. काशीराज पाण्डे, सविता बराल, सदासय गौतम, देवु लुइँटेल, उत्तमविचार भेटवाल, कल्पना काफ्ले, विमर्श दाहालगायतका कविहरूले छन्द कविता वाचन गर्नुभएको थियो । यस कार्यक्रमका सञ्चालक तथा संयोजक सह प्रा. डा. रामचन्द्र पौडेलले पनि छन्द कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सचितानन्द घिमिरे, असिम सागर, रसिकराज र संगीता थापाले गजल वाचन प्रस्तुत गर्नुभएको थियो ।समारोहमा प्रा.डा. रामप्रसाद ज्ञवालीले मोतीराम भट्टको काव्यप्रवृत्ति र कार्यक्रममा प्रस्तुत गरिएका रचनाहरूको समीक्षा गर्नुभएको थियो । वहाँले मोतीराम भट्टका रचनाहरूमा रहेको सामाजिक सरोकार र भाषिक सुन्दरताको विशेष चर्चा गर्नुभएको थियो ।कार्यक्रममा सभाध्यक्ष प्रा.डा. निर्मलमणि अधिकारीले समापन मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।


Category: News
Last Updated Date: 2025-09-04,Thursday
Published By: School of Arts