Search programs...
View all programsPublished Date: 2026-06-02, Tuesday
काठमाडौं विश्वविद्यालयको १०१औं सभा सम्पन्न
जेठ १९, २०८३
काठमाडौं विश्वविद्यालयको १०१औं सभा माननीय शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति श्री सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलबार सम्पन्न भएको छ ।
सभाले काठमाडौं विश्वविद्यालयका उपकुलपति छनौटका लागि तीन सदस्यीय समिति गठन गरेको छ । माननीय मन्त्री तथा सहकुलपति पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा राष्ट्रिय योजना आयोगका सदस्य श्री रेशु अर्याल ढुंगाना र काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपुकलपति प्रा डा सुरेशराज शर्मा सदस्य रहनुहुनेछ ।