Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

First Program of Twenty-First Convocation Ceremony Held

Published Date: 2015-12-13, Sunday

Image

काठमाडौं विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहको पहिलो कार्यक्रम मेडिकल विधाका स्नातकहरुको लागि यही २०७२ मङ्सिर २० गते स्कूल अफ मेडिकल साइन्सेज चौकोट हातामा सम्पन्न भयो। सिओल नेशनल युनिभर्सिटी कोरियाका प्रेसिडेण्ट सङ नाक इन प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री केपी शर्मा ओलीले गर्नुभयो।

कार्यक्रममा स्‍नातक तहमा MBBS, BDS, BSc Nursing, BNS, BPT सहित ५ विधामा तथा स्‍नातकोत्तर तहमा MD/MS/MSc Medical र DM/M/Ch का २  विधा गरी जम्मा ८ विधाका स्‍नातकहरू दीक्षित भएका छन्।

सन् २०१५ सम्ममा काठमाडौँ विश्वविद्यालयबाट ९५७० जना मेडिकल ग्राजुएट उत्पादन भएका छन् । तीमध्ये  ७५६५ जना एमबीबीएस, ६३९ जना बीएस्सी नर्सिङ, बी.एन.एस. कार्यक्रममा १०५ जना, ९९ बी.डी.एस., वि.पि.टी कार्यक्रममा १३ जना र १२४९ जना पी.जी तहका रहेका छन् । जस मध्ये महिलाहरु ४३.५३ प्रतिशत रहेको छ ।

स्नातक तहको

Bachelor of Physiotherapy

कार्यक्रममा नेपाल भित्रकै पहिलो पटक दीक्षित भएका छन् भने

DM Gastroenterology तथा

एक्काइसौँ दीक्षान्त समारोहको पहिलो कार्यक्रममा दीक्षित स्‍नातकहरूको विवरण यसप्रकार छ:

 


Category: News
Last Updated Date: 2019-07-25,Thursday
Published By: Kathmandu University