काठमाडौं विश्वविद्यालयमा शोक सभा सम्पन्न

Published Date: 2026-09-07, Monday

Image

काठमाडौं विश्वविद्यालयमा शोक सभा सम्पन्न

भदौ २३

गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु भएका १३सय भन्दा बढी व्यक्तिहरु स्मृतिमा काठमाडौँ विश्वविद्यालयमा शोक सभा सम्पन्न भएको छ ।

विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थी उपस्थित उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा विवेक बरालले दिवंगत व्यक्तिहरुको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो । स्कुल अफ इन्जिनियरिङका डीन प्राडा मनीष पोखरेलले पछिल्ला दिनमा उद्धारको क्रममा केही सफलता प्राप्त भएकाले थप सम्पर्कबिहिीन व्यक्तिहरु लगायत काठमाडौं विश्वविद्यालयका सम्पर्कबिहीन विद्यार्थीको उद्धार हुने आशा व्यक्त गनुभयो ।

असिस्टेन्ट प्रोफेसर मनीष प्रकाशले काठमाडौं विश्वविद्यालयको खोज, उद्धार तथा समन्वय समिति २०८३ बाट विश्वविद्यालयका सम्पर्कविहीन विद्यार्थीहरुको खोजीका लागि भइरहेको पहलका बारेमा जानकारी दिनुभयो ।


Category: News
Last Updated Date: 2026-09-07,Monday
Published By: Kathmandu University