सूची दर्ता गराउने सम्बन्धि सूचना

Published Date: 2019-05-16, Thursday

काठमाडौं विश्वविद्यालय

सूची दर्ता गराउने सम्बन्धि सूचना

(प्रकाशित मिति २०७६।०२।०२ गते)

 

यस विश्वविद्यालयलाई आर्थिक बर्ष ०७६।७७ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सेवा तथा सामानहरु आपूर्ति  गराउन इच्छूक इजाजत प्राप्त व्यक्ति,फर्म, संस्था वा कंपनीहरुबाट मौजुदा सूचि (Standing List) दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले २० दिन भित्र यस कार्यालय धुलिखेल परिसरमा कार्यालय खुलेको कार्यालय समयभित्र प्रत्येक विषयहका लागि छुट्टाछुट्टै रितपूर्वकको आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरणको लागि विश्वविद्यालयको website: www.ku.edu.np मा हेर्नुहुन अनुरोध गरिन्छ ।

 

तपशिल

 

सूचि दर्ता गर्नुपर्ने विषयहरुः

 

  1. मसलन्ध ( स्टेशनरी ) आपूर्ति सम्बन्धि ।
  2. कार्यालय सामान, उपकरणहरु आपूर्ति तथा मर्मत सम्बन्धि ।
  3. छपाई तथा छपाई सामाग्री आपूर्ति सम्बन्धि ।
  4. कम्प्यूटर तथा पार्टपूर्जाका सामानहरु आपूर्ति तथा मर्मत सम्बन्धि ।
  5. इलेक्ट्र्रोनिक्स तथा इलेक्ट्र्रिकल्सका सामानहरु आपूर्ति तथा मर्मत सम्बन्धि ।
  6. प्लम्बिङ्ग तथा हार्डवयरका सामाग्री आपूर्ति सम्बन्धि ।
  7. राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकट आपूर्ति सम्बन्धि ।
  8. प्रयोगशाला सम्बन्धि सामानहरु (Lab Materials, Chemicals, Glassware etc.) आपूर्ति सम्बन्धि
  9. रङ्गरोगन तथा साजसज्जा सेवा प्रदायक सम्बन्धि ।
  10. सवारिसाधन मर्मत तथा पार्टपूर्जाका सामानहरु आपूर्ति सम्बन्धि

 

 

रजिष्ट्रार

काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे

 

पेश गर्नुपर्ने आवस्यक कागजातहरु

 

  • सूचिकृत हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • रजिष्टर्ड फर्म / कंपनीको प्रमाण पत्रको प्रतिलिपि
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।                                                          
  • मूल्यअभिबृद्धि कर (PAN/VAT)  दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • पछिल्लो पटक(२०७५ / ७६ मा) कर चुत्ता गरेको प्रामाण पत्रको प्रतिलिपि ।
  • कम्पनी भए प्रबन्धपत्र तथा नियमावलिको प्रतिलिपि ।
  • कालो सूचिमा परेनपरेको स्वघोषणा पत्र ।
  • कार्यदक्षताको अनुभव सम्बन्धि प्रमाण पत्र ।
  • उत्पादन तथा विकी्र गरिने प्रमुख वस्तु तथा सेवाहरुको विवरण ।
  • वार्षिक टर्नओभरको विवरण ।
  • नेपाल सरकार वा अन्य सामाजिक संघ  /  संस्थाहरुमा सामान आपूर्ति गरेको भए सो को विवरण ।

 

 

सम्पर्क

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

पो. ब.नं.  ६२५०

फोनः ०११ ४१५००१

फ्याक्सः ०११ ४१५०११

email: procurement@ku.edu.np

नोटः—कृपया यसमा Attach गरिएको फर्म DownLoad गरी भरेर Documents संगै उपलब्ध गराइदिनुहोला ।


Category: Procurement
Last Updated Date: 2019-06-28,Friday
Published By: Kathmandu University