Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

शैक्षिक उद्यमशिलता विषयक सम्मेलन सम्पन्न

Published Date: 2022-06-28, Tuesday

Image
काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन, एजुकेशनल लिडरशिप डिपार्टमेन्ट अन्तर्गत एम.एड. इन
लिडरशिप एण्ड म्यानेजमेन्ट एक वर्षे र दुई वर्षे विद्यार्थीहरुद्वारा शैक्षिक उद्यमशिलता सम्वन्धी तीन दिने
“आइडीया पिचिङ्ग” नामक सम्मेलन गरी हात्तिवन स्थित क्याम्पसमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको
छ । विभिन्न १० क्षेत्रका विशेषज्ञहरु सम्मिलित उक्त प्रतिस्पर्धात्मक सम्मेलनमा सम्पूर्ण विद्यार्थीहरुद्वारा
शिक्षाक्षेत्रमा उद्यमशिलताका नविन परियोजनाहरुको प्रस्तुतिकरण गरिएको थियो । उक्त प्रतियोगितामा
पहिलो दिनका विजयीहरु क्रमशः चुरामणी पाण्डेय, प्रथम, विनिता शाक्य, द्वितीय र दिपक गौतम, तृतीय रहेका
थिए । त्यस्तै दोश्रो दिनका विजयीहरु क्रमशः प्रतिक तुलाधर, प्रथम, नारायण प्रसाद श्रेष्ठ, द्वितीय र माया
पौडेल, तृतीय भएका थिए भने अन्तिम दिन उषा न्यौपाने, सितु श्रेष्ठ र शिव भट्टराई क्रमशः प्रथम, द्वितीय र
तृतीय हुन सफल भए ।
पुरस्कार तथा सम्मान ग्रहण कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद, प्रमाण–पत्र र मायाको चिनो
प्रदान गरिएको थियो भने कार्यक्रममा विशेष सहयोग गर्ने सहजकर्ता श्याम स्वरुप खनाल र रिसर्च असिस्टेन्ट
विकास घजुलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो र सम्पूर्ण सहभागीहरुलाई सहभागिताको
प्रमाणपत्र दिइएको थियो । कुसोडका डीन प्रा.डा. बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा
सहायक डीन सह प्रा.डा. धनपति सुवेदी, डिपार्टमेन्ट प्रमुख उप प्रा.डा. शेषकान्त पंगेनी र उप प्रा.डा. रेवत
कुमार ढकाल लगायतले मन्तव्य दिनु भएको थियो भने विद्यार्थीका तर्फवाट विनिता शाक्य, मणिराम घिमिरे,
उषा न्यौपाने, ममता ढुंगेल लगायतले आफ्ना अनुभव पोखेका थिए । पुरस्कारको लागि विशेषगरी सनवे
इन्टरनेशनल बिजिनेश स्कूल, मैतिदेवीबाट विशेष सहयोग प्राप्त भएको थियो भने जापानबाट विद्यार्थी रनिशा
पौडेल, सिमोली गौतम देसाई, ममता तामाङ्ग लगायत अन्य महानुभावहरुबाट आर्थिक सहयोग प्राप्त भएको
थियो । उक्त कार्यक्रमको सञ्चालन एमफिलका श्याम स्वरुप खनाल र एमएडका सितु श्रेष्ठले गरेका थिए ।

Category: Notice
Last Updated Date: 2022-06-30,Thursday
Published By: School of Education, Department of Educational Leadership