काठमाडौं विश्वविद्यालयको एकतीसौँ वार्षिकोत्सव सम्पन्न

Published Date: 2022-12-14, Wednesday

Image

काठमाडौं विश्वविद्यालयको मंसिर २५ गते एकतीसौँ वार्षिकत्सव समारोह सम्पन्न गर्यो । काठमाडौं विश्वविद्यालय प्रजातन्त्रको पुनर्स्थापना पछिको पहिलो संसदले ऐन पारित गरेपछि नेपाल राजपत्रमा सूचना प्रकाशित भई स्थापना भएको दीनलाई आधार मानी हरेक बर्षको मंसिर २५ गते वार्षिकोत्सव मनाउने गरेको छ ।

यस वर्षको वार्षिकोत्सव समारोहमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङको प्रारम्भिक कालमा स्कुल अन्तर्गत अध्यापन गरिने विषयको नामाकरण, क्रेडिट आवरको निर्धारण, कोर्स डेभलपमेन्ट, ल्याव र वर्कसपको व्यवस्थापन र शैक्षिक शुल्क निर्धारण आदि कार्यमा महत्त्वपुर्ण योगदान गर्नुभएकोमा श्री सुरेशकुमार पुडासैनीलाई केयू ओरेशन २०२२ बाट सम्मान गरियो ।

सोही समारोहमा स्कूल अफ साइन्स अन्तर्गत नेपालमै पहिलोपटक फार्मेसी विभागको विकास र विस्तार गर्ने क्रममा प्राज्ञिक तथा अनुसन्धान कार्यक्रमको सञ्चालन एवं ब्याचलर अफ फार्मेसी र मास्टर अफ फार्मेसीको सफलतापूर्वक सञ्चालन गरी काठमाडौं विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा उल्लेखनिय योगदान सहयोग गर्नुभएकोमा भारतका प्रा. बी. सुब्बा रावलाई पनि केयू ओरेशन २०२२ बाट सम्मान गरियो ।

केयू ओरेसन सन् २०१४ देखि हरेक बर्ष प्रदान गरिदै आएको छ । वार्षिकोत्सव समारोहमा संस्थापक उपकुलपति, उकुलपति, स्थापना कालदेखि हालसम्मका प्राध्यापक, कर्मचरी र पूर्वविद्यार्थीहरुको सहभागिता थियो ।


Category: News
Last Updated Date: 2022-12-14,Wednesday
Published By: Kathmandu University